डढेलो निभाउन गएको दमकलमा लाग्यो आगो

रूपन्देहीमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो सोही डढेलोमा परेको हो।


तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेपछि नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। सोही दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

damkal-(3)-1713956103.jpg
आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया