युवा व्यवसायी शाहलाई रिपोर्टस क्लव नेपालको सम्मान

जाजरकोट ।  जाजरकोटका युवा व्यवसायी राजिव शाहलाई रिपोर्टस क्लव नेपालले २६ औं वार्षिकोत्सब समारोहमा सम्मान गरेकोछ ।
रिपोर्टस क्लव नेपालका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ज्यु को हातबाट जाजरकोटका युवा व्यवसायी शाहले सानै उमेरबाट व्यवसायी गरेको भन्दै कान्छो युवा व्यावसायिको सम्मान पत्र पाएका छन । गत चैत्र १७ गते एभरेष्ट होटल काठमाण्डौमा संचालित कायक्रममा संस्थाको २६ औँ बार्षिकोत्सवमा शाह लगाएत २३ जनाले सम्मान पत्र प्रदान गरेका थिय ।

युवा व्यवसायी शाहको सम्मान पत्रमा यस्तो लेखिएको छ ।
कृषि प्रधान मुलुक नेपाललाई कृषि क्षेत्रमा आधुनिकरण र यान्त्रिकरणमार्फत आत्मनिर्भर बनाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएको तपाईं सम्मानित व्यक्तित्व हुनुहुन्छ । कृषि क्षेत्रमार्फत तपाईंले मुलुकको आर्थिक क्षेत्रलाई सक्षम र उन्नत बनाउन महत्त्वपूर्ण योगदान पु¥याउनु भएको छ । कृषि क्षेत्रमा सदैव समर्पित रही तपाईले पु¥याउनुभएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदर स्वरूप रिपोर्टर्स क्लब नेपालको २६ औं वार्षिकोत्सव–२०८० को अवसरमा तपाईं श्री राजीव शाहज्यूलाई सम्मान गर्दछ ।
तपाईंको सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति शुभकामना !




  • फेसबुकबाट तपाईको प्रतिक्रिया