
जाजरकोट ।
जाजरकोटमा स्थानीय तह संग प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्लाका स्थानीय तह बिच प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सुरु भएको हाे । स्थानीय तहमा रहेका बिद्यालयहरुमा विकाशको पूर्व सर्त नै सुरक्षा भएकोले समुदायका उत्तम नमुनाका रुपमा रहने विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई सुरक्षा विविध आयामबारे जानकारी गराउन प्रहरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषाेत्तम पाण्डेले बताए ।

प्रहरीले पहिलो चरणमा भेरी नगरपालिकाले सम्झौता गरेको छ । सुचना प्रविधिको क्षेत्रमा भएका विकास र उपलब्धि अवसर सँगै थपिएका विकृति र बढ्दो सुरक्षा संबेदनशीलतालाई मध्यनजर गर्दै कार्यक्रम लागु गरिएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
सामाजिक सुरक्षाका विविध पाटाहरुका बारेमा सुसूचित रहनु वर्तमान समयको माग समेत बन्दै गईरहेको नगरपालिका भित्रका मावि र निमावि २४ विद्यालयमा कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको नगर प्रमुख घर्तीले बताए ।
स्थानीय सरकार, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट तयार पारिएको शान्ति सुरक्षाका विविध विषयहरु समेटिएको भेरी नगरपालिकाले जनाएको छ । जनचेतनामुलक प्रशिक्षण सामग्री भेरी नगरपालिकासँगको साझेदारीमा उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बताए ।
प्रधानाध्यापकको हैसियतले सामाजिक शान्ति र सतर्कता सम्बन्धी विषयहरु जिल्ला प्रहरी कार्यलयबाट उपलब्ध किताव वा अन्य स्रोतहरुबाट समेत खोजी गरी विद्यालयका शिक्षकहरु र अध्यनरत छात्रछात्राहरुलाई सु-सुचित गर्दै प्रशिक्षण गराउने कार्यक्रमकाे लक्ष्य रहेको शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।
स्थानीय तह र प्रहरी कार्यालयबाट आवश्यक सहयोग एवं समन्वय गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरपालिकाले प्रमुख पुनले जानकारी दिए । प्रहरीले प्रत्येक हप्ताको २ ओटा कक्षा अनिवार्य लिनुपर्ने साेहि अनुसार प्रतियोगिताकाे आयोजना गर्ने नगरपालिकाले तयारी गरेको छ । भेरी नगरपालिका २४ ओटा बिद्यालयमा प्रहरी पुग्ने भएको छ ।






रेशम बहादुर खड्का । २०८१ असोज २० गते आइतवार