एमाले निकट निजामति संगठन जाजरकोटले गर्यो विरामीलाई आर्थिक सहयोग जिल्ला अस्पतालमा विरामीलाई फालफुल वितरण


सुर्खेत ।
नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति जाजरकोटले जिल्लाका क्यान्सर र मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ ।
संगठनले आईतबार आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ८२ हजार आर्थक सहयोग गरेको हो ।
जिल्ला अस्पताल जाजरकोटको सभाहलमा आयोजित कार्यक्रममा भेरी नगरपालिका वडा नं. २ निवासी ब्लड क्यान्सर पीडित सुस्मिता विक, वडा नं. ४ निवासी मृगौला रोग पीडित प्रेमकला केसीको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रति व्यक्ति ४१ हजारका दरले ८२ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको संगठनका अध्यक्ष निराजन बिसीले बताए ।
‘यो रकम त्यति धेरै ठूलो नै होईन, यद्यपी हामीले उहाँहरुलाई उपचार गर्न थोरै भएपनि सहयोग मिलोस भनेर यो सहयोग गरेका हौं ।’ अध्यक्ष विसिले भने, ‘सामाजिक उत्तरदायित्व अन्र्तगत हामीले यो कार्य गरेका हौं ।’


उनले आजै संगठनले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको थियो भने नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।


कार्यक्रमलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तिले मानवीय सेवामा संगठन लागेको देख्दा मन प्रफुल्लित भएको प्रतित्रिया दिए । ‘सबैभन्दा पहिले म यहाँहरुलाई म शुभकामना दिन चाहन्छु, यहाँहरु आफ्नो भन्दा पनि समाजका दुखी पीिडत नागरिकको सेवा गर्न तल्लीन भएको देखेँ । यो नै सबैभन्दा ठूलो खुशीको कुरा हो ।’ प्रमूख घर्तिले भने, ‘स्थायी सरकारको उपमा पाएको र देशैभरि प्रभाव राख्न सफल संगठनका साथीहरुबाट आगामी दिनमा पनि यस्तै सहयोगात्मक कार्यक्रम हुने अपेक्षा हाम्रो छ ।’
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी जाजरकोटका अध्यक्ष नरेन्द्र शाहीले अब देश बनाउने समय आएको बताउँदै सबै मिलेर सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा जुटनुपर्नेमा जोड दिए ।


कार्यक्रममा एमाले जिल्ला कमिटि जाजरकोटका उपाध्यक्ष विश्वविक्रम शाही, सचिव गोपाल नेपाली, नेकपा एमाले भेरी नगर कमिटीका अध्यक्ष मुकुन्द प्रसाद शर्मा, तथा जिल्ला अस्पताल जाजरकोटका सम्पूर्ण स्वास्थ्यकर्मीहरू पनि सहभागी रहेको थियो ।

संगठनका अध्यक्ष विसिले यस्ता सहयोगका कार्यक्रम आफूहरुले भ्याएसम्म आगामी दिनमा पनि गरिरहने पतिबद्धता जनाए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया