सुर्यकिरण द्धारा दुर्गम गाउँमा स्टेचर सहयोग


रिदम बाबु घर्ती _ जाजरकोट ।
सुर्यकिरण युवा विकास केन्द्रद्धारा जाजरकोटका दुर्गम गाउँहरूमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुर्‍र्याउनका लागि स्ट्रेचर वितरण गरिएको छ । राजिव शाह अध्यक्ष रहेको सुर्यकिरण युवा विकास केन्द्र जाजरकोटले स्ट्रेचर र काफ्ला, काँडाका अति विपन्न १६ जना विद्यार्थीहरुलाई स्टेश्नरी वितरण गरिएको हो । दुर्गम गाउँमा बिरामीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या हुने हुँदा केन्द्रका अध्यक्ष शाहले स्थानीयबासीलाई निःशूल्क स्ट्रेचर सहयोग गरेको अध्यक्षले बताए । जिल्लाको छेडागाड नगरपालिका १० काफ्लामा रहेको सरस्वती आधारभूत विद्यालयमा एक कार्यक्रमको अयोजना गरि सामाग्री वितरण गरिएको छ ।


काफलामा अहिले बिरामी बोक्ने स्टेचर समेत छैन् । स्थानीय स्वास्थ्य संस्था मार्फत वडा र नगरमा बारमबार स्टेचर माग गर्दा समेत अहिले सम्म प्राप्त नभएको स्थानीय धन बहादुर विकले बताए । गाउँमा विरामी वोक्नको लागी कहीले डोका र कहीले काठका पोल मिलाएर थलहबजार उपचारका लागि लिनु पर्ने बाध्यता थियो । विकले भने अहीले सम्म कुनै तहबाट पनी सहयोग नभएको वेला केन्द्रले स्टेचर दिएको छ । शाहले दिएको सामानले काफ्लाका स्थानीय खुसी भएका छन् ।


पहाडी तथा विकट गाउँमा साधारण बिरामीलाई समेत स्वास्थ्य संस्थासम्म पुर्‍याउन सामाग्रीले महत्वपूणर् सहयोग हुने केन्द्रका अध्यक्ष शाहले बताए । उनका अनुसार, विरामीलाई समस्या हुने हुँदा स्ट्रेचरको आवश्यकता निकै महत्त्वपूणर् छ । “हामीले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन र बिरामीलाई समयमा उपचारमा पुर्‍याउन सक्ने वातावरण सिर्जना गर्न यो कदम चालेका छौँ ।” केन्द्रको तर्फबाट समाजसेवी प्रहिल कार्की र युवराज शर्माले छेडागाड नगरपालिका खल्टाकुरा,सल्ली भिर,काँडा र काप्लामा स्टेचर र स्टेश्नरी हस्तान्तरण गरेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया