प्रभु बैंक जाजरकोट शाखाद्वारा ४२ विद्यार्थीलाई झोला वितरण

जाजरकोट । प्रभु बैंक लिमिटेड, जाजरकोट शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भेरी नगरपालिका–४, बोहरास्थित बुद्धि आधारभूत विद्यालयका ४२ जना विद्यार्थीलाई झोला हस्तान्तरण गरेको छ ।
बुधवार एक कार्यक्रमका विच बैंकका सम्पुर्ण टिम विद्यालयमा पुगेर उक्त झोला वितरण गरेका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार उक्त झोला कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रदान गरिएको हो ।


प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै समाजमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । बैंकले नेपालको शिक्षा क्षेत्रमा आर्थिक तथा शैक्षिक सहयोग उपलब्ध गराउँदै विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री प्रदान गर्दै आएको प्रभु बैंक, जाजरकोट शाखाका प्रमुख खेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार, आगामी दिनहरूमा पनि प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजोपयोगी कार्यक्रमहरूमा सहभागिता जनाउने तथा देशभरका विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


बालबालिकाहरूलाई सहयोगस्वरूप झोला प्रदान गरेकोमा विद्यालय व्यवस्थापन समितिले प्रभु बैंकलाई हार्दिक आभार व्यक्त गरेको छ । बैंकको योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यालयले प्रभु बैंकलाई कदरपत्र समेत प्रदान गरेको छ ।

यस किसिमका सामाजिक कार्यहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूलाई पढाइप्रति अझ बढी उत्साहित गराउने विद्यालयका प्रधानाध्यापक गिता कुमारी शाहीले बताए ।
झोला पाएपछि विद्यार्थीहरू अत्यन्त खुसी देखिन्थे । विद्यालयका शिक्षक तथा अभिभावकहरूले समेत प्रभु बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया