निर्वाचन हार्ने कुराले त्रास भएपछि क्रान्तिकारीले ताला लगायोः गौतम

नेबिसङ जिल्ला अध्यक्ष अनिश कार्कीले उक्त घटनाले आफ्नो गम्भीरता ध्यानाकर्षण भएको बताएका छन् ।


जाजरकोट । अनेरास्ववियु केन्द्रीय सदस्य दिनेश गौतमका अनुसार अखिल क्रान्तिकारीले निर्वाचन हार्ने निश्चित भएपछि जनज्ञानकुञ्जमा ताला लगाएको बताएका छन् । सुरुकै दिन देखी अनेकन बहाना बाजी गरेर उस्ले निर्वाचन भाड्ने प्रयास गरेको गौतमको आरोप छ ।

उनले आफ्नो फेसबुक स्टासामा लेखेका छ्न निर्वाचन हार्ने कुरा को निश्चित भएपछि अनेकन बहाना बाजी गरेर जनज्ञानकुन्ज क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्ने अखिल (क्रान्तिकारी) को कार्य निन्दनीय छ । विद्यार्थीको हितविपरीत यस्तो अवरोध तुरुन्त अन्त्य गरियोस्।
हामीलाई अवरोध होइन, स्वतन्त्र विद्यार्थी युनियन (FSU) निर्वाचन चाहिन्छ !!
सम्बन्धित निकायको ध्यानाकर्षण होस् !! यस बाट आइलाग्ने क्षतिको हिसाब महङ्गो हुने चेतावनी दिइन्छ !! केन्द्रिय सदस्य गौतमले बताए ।

यस्तै नेबिसङ जिल्ला अध्यक्ष अनिश कार्कीले उक्त घटनाले आफ्नो गम्भीरता ध्यानाकर्षण भएको बताएका छन् । प्रशासन ले यस खालको गतिविधि नसचया आफु हरु फरक तरिकाले मैदानमा उत्रने बताएका छन ! त्यो भन्दा अखिल क्रान्तिकारी लाई यस्ता घृणित कार्य छोडेर मैत्रीपुर्ण ढङ्गले निर्वाचनमा सहभागी हुन समेत अपिल गर्दै अध्यक्ष कार्कीले आफ्नो फेसबुक लेखेका छन् ।

यस घटनापछि क्याम्पस प्रशासनमाथि दबाब बढेको छ । विद्यार्थी संगठनहरूले निष्पक्ष निर्वाचनको माग गर्दै तालाबन्दी तत्काल खोल्नुपर्ने चेतावनी दिएका छन् । क्याम्पस प्रशासनले यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर विद्यार्थी संगठनहरू प्रशासनले तत्काल उचित कदम चाल्नुपर्ने माग गरिरहेका छन् । यदि निर्वाचन प्रकृयामा थप अवरोध आयो भने यो विवाद झन् चर्किने संकेत देखिएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया