
जाजरकोट । जाजरकोटमा महिला सशक्तिकरण अभियान संस्थाको कार्यालय उद्धघाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी संस्थाको कार्यालय भेरी नगरपालिका–०४ गैरीखालीमा स्थापना सँगै उद्धघाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संस्थाको कार्यालय ब्यानर पढेर औपचारिक रुपमा उद्धघाटन गरेका थिए ।
विपन्न वर्गका महिलाहरुको सीप विकास तथा आयआर्जन र सशक्तिकरणका लागि सरकारी गैरसरकारी तथा स्थानीय निकायहरुसंग समन्वय गरी सिपमूलक तालिम, गोष्ठि तथा अन्तरक्रिया, शिक्षा, स्वास्थ्य, कृषि र पशुपंछिपालन सम्वन्धि आयमूलक कार्यक्रमहरु संचालन गर्न टेवा पुरयाउने, सामाजिक विकृति बालविवाह, बहुविवाह, छाउपडी, छुवाछुत, मानव वेचविखन, महिला घरेलु हिंसा आदि न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्न सघाउ पुरयाउने उद्देश्यले संस्थाको स्थापना गरेको जाजरकोट महिला सशक्तिकरण अभियानका अध्यक्ष रीता पुनले जानकारी दिनुभयो ।

जाजरकोट जिल्लाको कला, संस्कृति र साहित्यको संरक्षण र सम्वर्द्धन गर्न टेवा पुरयाउने, वन जंगलको संरक्षण तथा वृक्षारोपन गर्न टेवा पुरयाउने , बाढी पहिरो भुकुम्प आदी प्राकृतिक तथा दैवि प्रकोप पिडितहरु लाई राहत उद्धार पुनस्थापना र जीविकोपार्जनका कार्यहरु गर्न सघाउ पुरयाउने उद्देश्य सहित संस्थापनको खाका कोरिएको अध्यक्ष पुनले बताउनुभयो ।

संस्था स्थापनाको शुभकामना मन्तव्य राख्दै भेरी नगरपालिका उप प्रमुख सिता जैसीले नगरपालिका सधैं संस्थाको साथमा रहेको बताउनुभयो । संस्थाले गर्ने हरेक काममा नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो । यस्तै, प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संस्थाले थालेको अभियान निकै सराहनीय रहेको बताउनुभयो । प्रशासनको तर्फबाट सधैं संस्थालाई सहयोग रहने उहाँको भनाई थियो । यस्तै अतिथि एवं नेपाली कांग्रेस जाजरकोटका उपसभापती खडक विसीले जिल्लामा बालविवाह, छाउपडी प्रथा र बहुविवाह जस्ता सिंसाजन्य कार्यको अली वडी संलग्नता हुने भएकोले यस्ता खालको कार्यलाई रोकथाम गर्नका लागि स्थापना गरिएिको संस्थाले जिल्ला भित्रका सम्पुर्ण पिडत महिला तथा दाजुभाईहरुलाई कसरी शसक्तिकण गर्ने र यस्ता खालका अराजकता कार्य अवका दिनबाट नहुन र नगर्नका लागि प्रेरणा दिनेछ उहाँको भनाई छ । यस्तै अतिथी तथा पत्रकार महासंघ जाजरकोटका अध्यक्षले जाजरकोटमा महिला सशक्तिकरणको हकमा वोलिदिने कुनै पनी जिम्मेवारी संस्था अहिले सम्म स्थापना नभएको र आम महिला दिदि वहिनीहरुलाई विभिन्न खालका समस्या आइरहेको देखिन्छ भने अवका दिनमा यो संस्थाले आफ्नो स्थापना संगै जिल्लामा कसरी महिला दिदिबहिनहरुलाई सशक्तिकरण गर्ने निकै चुनौतिको कुरा छ अलि जोड दिएर काम गर्नुपर्ने छ । र आफुले पत्रकारको हकबाट हुने विभिन्न सहयोग समेत गर्नेछु उहाँको भनाई छ । उक्त कार्यक्रमको संचालन लाईट खबरका संचालक काली बहादुर नेपालीले गरेका थिए ।
संस्थाको अध्यक्षमा रीता पुन, उपाध्यक्षमा बेलमति रोकाय थापा, सचिवमा तिर्था कुमारी थापा पुन, सहसचिव विमा पुन, कोषाध्यक्षमा पुर्णिमा पुन, सदस्यमा सुनिता वि.क र आस्था खड्का (आरसी) रहनुभएको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ बैशाख ५ गते बुधवार