बारेकोटमा एम्बुलेन्स भाडा असुली विवाद, डम्बर बहादुर सिंहद्वारा निःशुल्क सेवा माग

“सुधार आफ्नै गाउँ–ठाउँबाट सुरु हुन्छ। म पनि यही माटोको मान्छे हुँ,” उनले भने, “जनताको स्वास्थ्य र जीवनसँग जोडिएको विषयमा मेरो आवाज र प्रतिबद्धता यहीँबाट सुरु हुन्छ।”

जाजरकोट । बारेकोट गाउँपालिकामा एम्बुलेन्स सेवा प्रयोग गर्दा अत्यधिक भाडा लिइएको भन्ने जनगुनासो सार्वजनिक भएपछि प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर बहादुर सिंहले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।

सिंहले बिरामीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको एम्बुलेन्स सेवा अत्यावश्यक सेवा भएको उल्लेख गर्दै यस्ता सेवामा कुनै पनि किसिमको आर्थिक भार जनतामाथि पर्नु नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्। विशेषगरी आपत्कालीन अवस्था, विपन्न तथा असहाय नागरिकका हकमा एम्बुलेन्स सेवा निःशुल्क वा पूर्ण रूपमा सहुलियतमा उपलब्ध गराइनु राज्य र स्थानीय तहको दायित्व भएको उनको भनाइ छ।

यस सन्दर्भमा सिंहले सम्बन्धित स्थानीय निकाय, सरोकारवाला संस्था तथा जिम्मेवार पक्षहरूलाई तत्काल पहल गरी एम्बुलेन्स सेवा भाडा नलिई जनतालाई निःशुल्क उपलब्ध गराउन आग्रह गरेका छन्।

“सुधार आफ्नै गाउँ–ठाउँबाट सुरु हुन्छ। म पनि यही माटोको मान्छे हुँ,” उनले भने, “जनताको स्वास्थ्य र जीवनसँग जोडिएको विषयमा मेरो आवाज र प्रतिबद्धता यहीँबाट सुरु हुन्छ।”

जनताको स्वास्थ्य र जीवनभन्दा ठूलो कुनै पनि आर्थिक कारण हुन नसक्ने उल्लेख गर्दै सिंहले मानवताको आधारमा शीघ्र, जिम्मेवार र संवेदनशील निर्णय लिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया