रुकुम पश्चिमकाे आठबिसकाेटमा पहिराेले ३ बालबालीकाकाे ज्यान गयाे, अन्य ७ घाइते

जाजरकाेट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बाढिमा परि ३ बालबालीका मूत्यु भएकाे छ । सोमवार रातिबाट परेकाे अबिरल वर्षाका कारण आठबिसकाेट १२ काे बगर नजिकै तातोपनी खाेला र झिन्चाैर खाेलामा आएकाे बाढिमा परि ३ बालबालिकाकाे ज्यान गएकाे नगर प्रमुख रबी केसीले बताए । उनका अनुसार एक जना बयस्क ब्यक्ति बेपता भएका छन । बाढि पहिरोका कारण ७ जना घाइते भएका छन् । गएराति खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन् ।

घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर नगर अस्पताल पठाएका थिए ।निरन्तर बर्षाका कारण उद्धार कार्यमा ढिलाइ भएकाे थियाे । नगरपालिकामा भएकाे घटन लगतै रुकुम पश्चिमका  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नवराज पोख्रेल सहित जिल्ला विपद व्यवस्थापनको टोली उद्धारका लागि आठबिसकाेट नगरपालिका पुगेकाे नगरपालिका स्रोतले जनाएकाे छ ।

लगातारकाे  गिजागाड खोलाको बाढी का कारण  पेदा, काफलचौर, सिमबजार र राडिबजारको किनारका बस्ती खतरामा रहेकाे नगर प्रमुख केसीले बताएका छ्न । सिमबजार र राडि बजार नजिकका केहि घर, घट्ट र कुलोहरुमा क्षति पुर्याएको छ ।  जोखिम रहेका घरहरुमा नागरिक र घर भित्रका सामनहरुको उद्दार गर्ने काम नगरपालिकाले यथासिघ्र गरेकाे छ । नगरपालिकाले  सबै सचेत र सुरक्षित रहन अनुराेध गरेकाे छ । नगरपालिकाले केहि महत्वपूर्ण सडकहरु खुलाउने काम गरेकाे छ । हाल सम्म घाइते र मृतकहरुकाे नामावलि सार्वजनिक भएकाे छैन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया