गजल- बाढीले बगाएको सपना र सर्वस्वको चीत्कार

गजल ………………………………

छचल्किएर आयो बाढीले बगायो घर सबैको
नदिको मुर्खताले सपना बगायो सहर सबैको

कल्पना नगरेकै काल आएर खायो मुटु सबैको
कतै देख्दै नदेखि सर्वस्व बगायो नजर सबैको

दुःखदैछ पिडामा मलाम, पट्टी, ओखती छैन
बडार्दै सबथोक चीत्कार बगायो खबर सबैको

बेपत्ता बनाइ दियो तहसनहस घरवारी सबैतिर
भवन, गाडी, सडक, पुल बगायो सफर सबैको

दोष प्रकृतिको होइन दोष त हाम्रो भाग्यमा रहेछ
साथी गुमायौं र आफन्त नै बगायो लकर सबैको

उहाँ हुनुहुन्छ साहित्यकार निरज खत्री ‘विद्रोही’, हाल भेरी नगरपालिका–७, मिथ्याङ्ग्रास्थित सूर्यज्योति आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया