बेथिति लुकाउन समाचार बिरुद्ध क्रान्तिकारी कमरेडहरुको विज्ञप्ति

नलगाडमा माओवादीको हस्तक्षेप

जाजरकाेट । माओवादी केन्द्रको विरासत बोकेको नलगाड नगरपालिकामा बेथिति बिरुद्धका निरन्तर समाचार प्रकाशित हुदै आएका छन् । सरकारको नियामनकारी निकाय महालेखा परिक्षकको कार्यालयले औल्याएका बिषयमा बिभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशित हुन । तर उक्त समाचरहरुको स्रोत नै महालेखाको प्रतिवेदन हुदा समेत नगरपालिका आक्रमक भएको छ । सोमवार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरेको थियो । खर्चको शिर्षक खाना मसु नभएको दाबी समेत गरेको थियो । तर आफुलाई लागेको बिषय सरकारले नागरिकलाई प्रष्ट्याउनु स्वभावीक हो ।
आफनो आधिकारीक धारणा सार्व जनिक गरेको नगरपालिकाको उत्त बिषय सेलाउन नपाउदै माओवादी केन्द्र निकट बिद्यार्थी संगठनले एक बिज्ञप्ती जारी गरेको छ । मंगलवार नलगाड नगरपालिका भित्रका बेथितीहरुको बचाउँ गर्दै माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियनले विज्ञप्ती जारी गरेको हो । सरकारको कार्य सम्पादन प्रति मिडियामा आएका समाचारलाई लिएर बिद्यार्थी संगठनका कमरेडहरु धम्की पूणर् विज्ञप्ती जारी गरेका छन् ।


सार्वजनिक निकायमाथी गरिएको हस्तक्षेत्र प्रति चौतर्फि निन्दा गरिएको छ । सरकारको दैनिक काम प्रति उठेको पश्नलाई राजनितिकरण गरिएको भन्दै संगठन नलगाड नगरपालिका अध्यक्ष रबिन्द्र खड्का र सचिव अजुृन डाँगीले सयूक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरेका छन् । नगरपालिकाले गर्ने समाचारको खण्डन समेत पाटीका कमरेडले गरेका छन् । बिभिन्न मिडियाले नगरपालिकालाइ बदनाम गर्न खोजेको उनिहरुको आरोप छ ।


कार्यालयकै भाषामा धमकी पूणर् विज्ञप्ति जारी गरेका छन् । नगरपालिकाले बिज्ञप्ति जारी गरेपनी संगठनले नगरपालिकाको बचाउमा लागेको नेपाल पत्रकार महासंघ कणर्ाली प्रदेशका सदस्य सरोज वलीले बताए । पालिकाको समाचारको बिषयमा आएको समाचार एउटा अमुख पार्टीको संगठनले विज्ञप्ति निकालेर खण्डन गर्नु राम्रो नभएको पत्रकार महासंघ जाजरकोटका सह-सचिव पवन शर्माले बताए ।

नगरपालिकाले पटक पटक सिंगो पत्रकारीता माथी प्रहार गरेकोले तत्काल महासंघले आधिकारीक धारणा सार्वजनिक गनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारको कार्य प्रति समाचारका संगठनको विज्ञपितले माओवादीको विरासत माथी चोट पुगेको प्रेस सेन्टर नेपाल जाजरकोटका सचिव काली बहादुर नेपालीले बताए । सरकार माथी पार्टीले गरेको हस्तक्षेप र पत्रकार माथी लगाएको आरोप प्रति यतिबेला जिल्ला तरंतिग भएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया