शिवालयका नयाँ हाकिम : पुरानो मितिको तालिममा सहभागि हुन आफैलाई पत्र

 

जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिका नयाँ कार्यालय प्रमुखले आफैलाई बैठकमा आव्हान गरेका छन् । सोमवार कार्यालय प्रमुख रामु ज्ञवालीले आफैलाई बैठकमा आव्हान गरेका हुन् । गाउँपालिका स्तरीय बहुक्षेत्रीय पोषण अन्तर्गतको २ दिने तालिममा आफैलाई सहभागि हुन उनले एक पत्र जारी गरेका हुन ।

स्थानीय तहको कुनै कार्यक्रम भए प्रमुख प्रशासकिय अधिकृतले पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरुलाई सहभागिताका लागि आव्हान गर्ने व्यवस्था स्थानीय तह सञ्चालन एन २०७४ मा व्यवस्था गरिएको छ ।

तर कार्यालय प्रमुखले २०८० सालको मिति राखि आफैलाई पत्र जारी गरेका छन् । बैशाख २३/२४ गतेको बैठक गत बर्षको बैशाख १७ गते मिति राखि सहभागिलाई आव्हान गरेका हुन । कार्यालयको चलानी नं. १५५१ को पत्र जारी गर्दै प्रमुख प्रशासकिय अधिकृतलाई बैठकमा आमन्त्रण गरेका हुन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया