
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सचिवालयको ऐतिहासिक प्रथम बैठक मङ्गलबार सुर्खेतमा सम्पन्न भएको छ।
बैठकबाट संगठन सुदृढीकरण र कार्यक्षमता विस्तारको उद्देश्यसहित जाजरकोट जिल्लाको सचिवको जिम्मेवारी युवा नेता बिराजन सीलाई प्रदान गरिएको हो।
नयाँ जिम्मेवारी प्राप्त गरेपछि सचिव बिराजन सीले “पार्टीले दिएको यो महत्वपूर्ण जिम्मेवारीले मलाई थप ऊर्जा र गौरवको अनुभूति भएको छ,” भन्दै आफ्नो भावनाहरू व्यक्त गरे।
राजनीतिक परिस्थिति प्रतिको दृष्टिकोण राख्दै उनले भने, “देशको पछिल्लो घटनाक्रमले जनस्तरमा वितृष्णा सिर्जना गरेको छ। अब त्यसलाई आशामा बदल्ने नेतृत्व हामी युवाहरूले गर्नुपर्छ। समस्या समाधानका लागि हामी अग्रसर हुनैपर्छ, र म त्यसमा जिम्मेवार रहनेछु । उनले पार्टीद्वारा तय गरिएका नीति तथा कार्यक्रमहरूलाई पूर्ण निष्ठाका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
बैठकले अन्य जिल्लाहरूमा पनि संगठनात्मक जिम्मेवारी पुनःवितरण गरेको जनाइएको छ। यो बैठकलाई कर्णाली प्रदेशको राजनीतिक वृत्तमा विशेष महत्वका रूपमा लिइएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ बैशाख ९ गते मङ्गलवार