
जाजरकोट। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।
महेन्द्र केसीले आर्थिक मामिला तथा योजना मन्त्रालय, दुर्गबहादुर रावतले उद्योग , पर्यटन, वन तथा वातावरण र शेरबहादुर बुढाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र वीर बहादुर शाहीले सामाजिक विकास मन्त्रालयको सपथ लिए ।
यसअघि विना विभागीय मन्त्री बनेका रनसिंह परियारले जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । विनोदकुमार शाहले भूमि , व्यवस्था कृषि तथा सहकारीको जिम्मा पाएका छन् । सपथ कार्यक्रममा भने उनी सहभागी थिएनन् । गोमता विकलाई मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको राज्यमन्त्री बनाएका छन् ।
कर्णालीमा मन्त्रिपरिषद् विस्तार: सपथसँगै मन्त्रीद्वारा पदभार ग्रहण






विनोद कुमार घर्ती (रिदम) । २०८१ बैशाख १८ गते मङ्गलवार