ईन्फिनिटी लघुवित्तद्वारा संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी तालिम

जाजरकोट । ईन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड कर्णाली प्रदेश अनुगमन कार्यालयको आयोजनामा संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

कर्णाली प्रदेशअन्तर्गतका १० वटा शाखामा कार्यरत शाखा प्रबन्धक तथा सहायक कर्मचारी गरी २३ जनाको सहभागितामा तालिम सञ्चालन गरिएको हो। कर्मचारीहरूको संस्थागत नीति, अनुपालन तथा कार्यसम्पादनसम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिमको सञ्चालन संस्थाको शाखा कार्यालय सुर्खेतका शाखा प्रमुख यज्ञराज कार्कीले गर्नुभएको थियो। कार्यक्रमको संयोजन तथा प्रशिक्षण कर्णाली प्रदेश अनुगमन कार्यालयका अनुगमन अधिकृत प्रकाश घिमिरेले गर्नुभएको थियो।

तालिममा संस्थागत नीति तथा नियम, अनुपालनका विषय, कार्यसम्पादन सुधार तथा कर्मचारीको व्यावहारिक क्षमता अभिवृद्धिसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो। साथै, दैनिक कार्यसम्पादनमा संस्थागत नीति तथा अनुपालनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरिएको थियो।

तालिमले कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत नीति तथा अनुपालनसम्बन्धी ज्ञान र व्यवहारिक दक्षता थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया