कर्णालीमा अझै सुल्झिएँन मुख्यमन्त्री कँडेलले उब्जाएको विवाद !


जाजरकोट । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गर्दा ल्याएको विवाद अझै सुल्झिन सकेको छैन् । चैत २७ गते नेकपा एमालेबाट नियुक्त भएका मुख्यमन्त्री कँडेलले मंगलबार दोस्रो पछट्क सरकार विस्तार गरेका थिए । तर, सरकारले पूणर्ता पाउन सकेको छैन् । मुख्यमन्त्री कँडेलले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेकै दिनदेखि सत्ता गठबन्धनमा असन्तुष्टि पैदा भएको थियो । कँडेलले पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री नियुक्त गरेको भन्दै एमालेकै सांसद विनोदकुमार शाहले मन्त्री पदको शपथ ग्रहण बहिष्कार गरेका थिए ।

शाहले मुख्यमन्त्री कँडेलमाथि पार्टी केन्द्रको निर्देशन विपरीत एकलौटी रुपमा मन्त्री नियुक्त गरेको, शपथ लिन जानुअघि मन्त्रालयको नाम नभनेको आरोप लगाएका छन् । उनले भने, ‘विषय मन्त्रालयको नभई नीति, प्रक्रिया, नियत र प्रवृत्तिको हो । दलका नेता (कँडेल) बाट मैले आफू कुन मन्त्रालय समाल्दै छु भन्ने जानकारी नभएपछि शपथ ग्रहणमा उपस्थिति भएन् । नेता शाहले मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् विस्तार हुनुपूर्व दलभित्र कुनै छलफल नगरी आफु अनुकुल चल्न खोजेको स्पष्ट पारे । शाहलाई मुख्यमन्त्री कँडेलले भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन्। तर, केन्द्रबाट आफूलाई भौतिक मन्त्रालय दिने भनेको शाहको दाबी छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेको भागमा परेको भौतिक मन्त्रालयमा शाह, कृषिमा दक्षिणा शाही र कानुन मन्त्रालयमा शेरबहादुर बुढालाई नियुक्त गर्न सन्देश पठाएको शाहको भनाइ छ । दलका नेतासमेत रहेका मुख्यमन्त्री कँडेलले एकलौटी निणर्य गरेकोमा त्यसलाई स्वीकार गर्न नसकिएको तर्क उनको छ । दलभित्र कुनै पनि काम गर्दा विधि र प्रक्रियाअनुसार जानुपर्नेमा त्यसो हुन नसकेको उनको आरोप छ । उनले मन्त्रालय तोक्नुअघि दल नेता कँडेलले पार्टीभित्र छलफल गर्नुपर्ने भए पनि बेवास्ता गरेको गुनासो गरे ।

मुख्यमन्त्रीले एकलौटी रूपमा मन्त्रीका सूची दिने र मन्त्रालय तोक्ने काम गरेको उनको दाबी छ । यस्तै, शाहले शपथग्रहण समारोहमा नआएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हाल खाली छ । उनले शपथ कार्यक्रम नै बहिस्कार गरेपछि मुख्यमन्त्री कँडेलले रुष्ट शाहसँग छलफल गर्नुपर्ने हो । तर, कँडेलले चारदिनसम्म पनि शाहसँग छलफल गरेका छैनन् । शाहले मुख्यमन्त्री कँडेलले आफूसँग कुनै पनि छलफल नगरेको जानकारी दिए । मुख्यमन्त्री कँडेलले आफ्नै पार्टी केन्द्रको निर्देशन नमानेर मनोमानी ढंगले चलेको एकजना एमालेका सांसदले आरोप लगाए । ’मुख्यमन्त्रीले केन्द्रकै निर्देशन मान्नुहुन्न । ती सांसदले भने, ’उहाँ आफू खुसी चल्न खोज्नुहुन्छ। यसरी कहाँ हुन्छ र आफ्नै पार्टीका मान्छे रुष्ट छन् । पार्टीभित्रकै नेतालाई मिलाउन नसक्नु उहाँको असक्षमता हो ।’ पछिल्लो समयको मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर मुख्यमन्त्री कँडेलको चौतर्फी आलोचना भइरहेको छ । आफ्नै दलका नेतालाई मिलाएर सरकार चलाउन नसक्ने मुख्यमन्त्री कँडेलबाट ञसमृद्धि कणर्ाली, सुखारी कणर्ालीवासीझको नारा समेत अलपत्र पर्ने धेरैको बुझाई छ । यतिमात्रै नभइ एमालेभित्रै कणर्ालीको राजनीति हेर्दा कँडेललाई मुख्यमन्त्री भएपछि पहिलो गासमै ढुंगा लागेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया