
जाजरकोटकाे कुशे गाउँपालिका ७ काे वडा अध्यक्षमा नेपाली काङ्ग्रेस बिजय भएको छ । आईतवार सम्पन्न उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार खम्ब बहादुर हिंस बिजय भएका हुन । सिंहले ३ सय ४७ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन कार्यालय कुशेका नविन भट्टले बताए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गाेरख बहादुर नेपाली ३ सय ३२ मत ल्याएर पराजित भएका छन् । नेपाली १५ मतले पराजित भएको कार्यालयले जनाएको छ । यस्तै नेकपा एमालेका डम्बर बहादुर घर्तीले २ सय ५२ मत प्राप्त गरेका छन् । राप्रपाका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरेका छन् । कुशे ७ मा कुल १ हजार २ सय ३ मतदाता मध्य ९ सय ५६ जनाले मतदान गरेका थिए । कुल मतमा १५ मत बदर भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।यता नलगाड नगरपालिका उपप्रमुख पदकाे मतगणना सुरु भएको छैन । वडा नं १३ काे मतपेटिका ल्याउन ढिलाइ भएको कारण मत गणना कार्य ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दल्लीले जनाएको छ । राति अबेर सबै मत केन्द्रकाे मतपेटिका दल्लिमा ल्याई सकेकोले सर्वदलीय बैठक बस्ने तयारी भएको कार्यालयकाे भनाइ छ






रेशम बहादुर खड्का । २०८१ मङ्सिर १६ गते आइतवार