टिपर भेरी नदीमा खस्दा तीनजना बेपत्ता

जाजरकोट । भेरी कोरिडोर अन्तर्गत आठबीसकोट नगरपालिका-११ पिपलचौर स्थित ठुलीभेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।

दाङ निवासी वर्ष ३५ का टिपर चालक मनिराम चौधरी र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-३ का उमेर नखुलेका धनवीर बराइली र पहिचान नखुलेका एक जना गरी तीन जना बेपत्ता भएको प्रहरीले बताएको छ ।

गएराति ८ बजेतिर यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर सडकबाट सिधै नदीमा खसेको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

‘चालक बाहेक अरू दुई जना एक्स्काभेटर अपरेटर र अपरेटरको हेल्पर रहेको खुलेको छ। उनीहरू कार्यस्थल आठबीसकोट-११ चिसापानीबाट आठबीसकोट-१४ छेपारेतर्फ फर्किदै गर्दा दुर्घटना भएको पाइएको छ,’ प्रहरी निरीक्षक खनालले भने, ‘टिप्परसंगै बेपत्ता भएकाहरूको खोजी कार्य बिहानैदेखि जारी छ । आज भेरी नदीमा पानी मात्रा झन् धेरै बढेकाले चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ ।’




  • फेसबुकबाट तपाईको प्रतिक्रिया