
जाजरकोट, असोज ३०। कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिँदै जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ।
नेपाल प्रहरीको संगठनात्मक उद्देश्य प्राप्तिका लागि आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताअन्तर्गत गरिएको अनुगमन तथा मूल्याङ्कनका आधारमा जाजरकोट प्रहरी उत्कृष्ट छनोट भएको हो।

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ।
प्रदेशका १० जिल्ला प्रहरी कार्यालयबीचको मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्नुलाई जाजरकोट प्रहरीको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले प्रहरीको सेवा प्रवाह, जिम्मेवारी निर्वाह र कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।






द मालिका पोष्ट । २०८३ असोज ३० गते शुक्रवार