
जाजरकोट । जाजरकोट खलंगामा अन्डर-१९ भलिबल कप प्रतियोगिता सञ्चालन हुने भएको छ। सहिद स्मृति युवा क्लबको आयोजनामा ‘सहिद विदुर स्मृति दोस्रो अन्डर-१९ भलिबल कप’ चैत्र २४ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको हो।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक क्लबका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए। ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मूल नाराका साथ आयोजना गरिने प्रतियोगितामा जिल्ला भित्रका १९ वर्षमुनिका खेलाडीहरू सहभागी हुन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ।
यसैगरी, खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान गरिनेछ। सर्वोकृष्ट खेलाडी, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मजिङ प्लेयर, तथा वेष्ट प्रशिक्षकलाई क्रमशः ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार र १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
गत वर्ष पहिलो पटक कप आयोजना गरिएको थियो, जसले जिल्लामा सकारात्मक प्रभाव पारेको खेलाडीहरूले बताएका थिए। प्रतियोगिताले जिल्लामा १९ वर्षमुनिका खेलाडी उत्पादन गर्न, उनीहरूको खेलकुद विकासमा टेवा पुर्याउन, खेलप्रति उत्साह जगाउन तथा लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २० गते बुधवार