
जाजरकोट । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रननगर–४ बस्ने वर्ष १९ का रबिन्द्र सलामी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनलाई आइतवार पक्राउ गरेको हो ।
प्रहरीको टोलीले शंकास्पद रुपमा बसिरहेका सलामीको शरिर र कोठा खानतलासी गर्दा शुद्ध १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ समेत फेलापारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
हाल उनलाई नियन्त्रणमा लिई जिप्रका सुर्खेतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८० चैत्र १२ गते सोमवार