एमाले जाजरकोटले सार्वजनिक गर्‍यो अधिवेशनको लोगो

जाजरकोट,२० चैत्र ।
नेकपा एमाले जाजरकोटले अधिवेशनका लागि तयार गरेको लोगो सार्वजनिक गरेको छ । मंगलवार एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो । पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेर आसन चैत्र २५ गते देखि सञ्चालन हुने सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको नेकपा एमाले जाजरकोटले जनाएको छ ।

May be an image of 1 person and text
प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख नर बहादुर बस्नेत ले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेका थिए ।

May be an image of 14 people and text

कला, संस्कृति र सम्पदाले सम्पन्न जाजरकोट जिल्लाको परिचयलाई झल्काउने जगतिपुरको ऐतिहासिक बायुघट्ट, ऐतिहासिक जाजरकोट दरबार, शिवालय मन्दीर, जाजरकोट जिल्लाका उत्तरी भागमा बास स्थान भएको विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी लगाएतका वन्यजन्तु, जाजरकोट जिल्लामा पाईने विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरु, राष्ट्रिय फुल लालिगुराँस, बहुमल्य जडिवुटी लगाएतका वनस्पतिहरुलाई सातौं जिल्ला अधिवेशनको लोगोमा समावेश गरिएको विभाग प्रमुख एनबी बस्नेतले जानकारी दिए ।

May be an image of 2 people and text




  • फेसबुकबाट तपाईको प्रतिक्रिया