
जाजरकोटको जिल्ला सदरमुकाम खलंगामा शान्ति र संविधानको रक्षाका लागि सर्वपक्षीय सद्भाव र्यालीसहित प्रदर्शन गरिएको छ।
“संविधानको रक्षा गर, लोकतन्त्र मास्न पाइँदैन, शान्ति र सद्भाव कायम गर” जस्ता नारासहित युवाहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनपछि आयोजित कोण सभामा विभिन्न राजनीतिक दल निकट युवाहरूले सम्बोधन गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्न सबैलाई खबरदारी गरेका थिए।

कार्यक्रममा सहभागीहरूले संविधानको मर्म, शान्ति र सद्भावको रक्षा सम्पूर्ण राजनीतिक दल र नागरिकको साझा दायित्व रहेको बताएका थिए।






विनोद कुमार घर्ती (रिदम) । २०८२ भाद्र २७ गते शुक्रवार