याेजना छान्न गाउँ बस्तीमा स्थानीय सरकार

जाजरकाेट । आगामि आर्थीक बर्षकाे याेजना छनाेट गर्न स्थानीय सरकार गाउँ बस्तीमा पुगेकाे छ । आर्थीक बर्षकाे बजेट सार्वजनीक गर्न ४ दिन मात्र बाँक रहदा जिल्लाकाे जुनीचाँदे गाउँपालिका गाउँ बस्तीमा पुगेकाे छ । गत आर्थीक बर्षमा बजेट ल्याउदा विवादित भएकाे गाउँपालिकाले यतिबेला नागरिकहरुकाे गुनासाे सहितकाे बजेटका लागि गाउँ बस्तीमा पुगेकाे जुनीचाँदे गाउँपालिका २ का वडा अध्यक्ष राम बहादुर नेपालीले बताए ।

गाउँपालिकाले निति कार्यक्रम र बजेट ल्याउन पुर्व स्थानीय बस्तिमा योजना तर्जुमाका लागि यितबेला जनप्रतिनिधि ब्यस्त रहेकाे उनकाे भनाइ छ । गाउँपालिकाले असार ७ गते सम्म सबै वडाकाे याेजना तर्जूमा गरे ८ गते कार्यपालिकाकाे बैठक आव्हानग गरिएकाे उनकाे भनाइ छ । जुनीचाँदे गाउँपालिका २ काे याेजना तर्जूमा कार्यक्रम आज सम्पन्न भएकाे छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया