जाजरकोटमा निर्वाचन प्रहरी भर्नाको लिखित परीक्षाको नतिजा सार्वजनिक

जाजरकोट । निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति, जाजरकोटले निर्वाचन प्रहरी भर्नाअन्तर्गत लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

उपसमितिका अनुसार मिति २०८२/१०/०९ गते लिइएको निर्वाचन प्रहरी छनोटअन्तर्गत “एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) लिखित परीक्षा” उत्तीर्ण गर्ने उम्मेदवारहरूको नामावली विवरणसहित नतिजा प्रकाशन गरिएको हो।

लिखित परीक्षा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवार तथा पूर्व सुरक्षाकर्मी उम्मेदवारहरूको अन्तर्वार्ता मिति २०८२/१०/११ गते बिहान ०७:०० बजे देखि जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा सञ्चालन हुने जनाइएको छ। उम्मेदवारहरूले आफ्नो प्रवेशपत्र र नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिएर उपस्थित हुन उपसमितिले आग्रह गरेको छ।

दर्ता नम्बरका आधारमा अन्तर्वार्ताको समय निर्धारण गरिएको छ। दर्ता नम्बर १ देखि १००१ सम्म का उम्मेदवारहरूको अन्तर्वार्ता बिहान ०७:०० बजेदेखि ११:०० बजेसम्म, १००२ देखि १९२२ सम्म का उम्मेदवारहरूको दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म तथा १९२३ देखि २८५५ सम्म का उम्मेदवारहरूको दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म हुने सूचनामा उल्लेख गरिएको छ।

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया