गजल – ‘बा’ कहिले आउनुहुन्छ ? : बालमनको मर्मस्पर्शी प्रश्न ?

गजल……………………………………

आमा ! बर्सौ भयो यता, किन ‘बाबा’ आउनु हुदैन ?
‘बाबु’ खाटो बसेको घाउलाई धेरै कोट्याउनु हुदैन ।

घरी ‘खेलौना’ चाहियो भनेर, घरी ‘बा’ चाहियो भनेर,
पिर मान्छिन ‘आमा’ले ‘छोरा’ यसरी सताउनु हुदैन ।

‘प्यारी’ तिम्रा हरेक व्यबहार देखेर मलाई यस्तो लाग्यो,
अब रित्तिसकेको मनमा ‘आसा’ फेरि जगाउनु हुदैन ।

मैले आफ्नै ‘देश’ छोडेर आए, तिम्रो खुसीको लागि,
फेरी आफै भन्छिन मलाई पनि संगै बोलाउनु हुदैन ?

-पुष्कर पराग चन्द
जाजरकोट




  • फेसबुकबाट तपाईको प्रतिक्रिया