
जाजरकोट । जाजरकोटमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ।
भेरी नगरपालिका-१२ धाइरा निवासी ३० वर्षीया ईश्वरी राना श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि भेरी नगरपालिका–३ थाप्लेस्थित जिल्ला अस्पताल जाजरकोट पुगेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार मंगबार दिउँसो करिब ३ः५० बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनलाई श्रीमान् कुल बहादुर वस्नेत र स्वास्थ्यकर्मीले फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले करिब ४ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज १३ गते मङ्गलवार