जाजरकोटमा छुट्टाछुट्टै दुई सवारी दुर्घटना हुँदा ३९ जना घाइते (तस्बिरहरु)

रेशमबहादुर खड्का । जाजरकोटको छुट्टाछुट्टै स्थानमा दुईवटा सवारी दुर्घटना हुँदा ३९ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका र भेरी नगरपालिकामा सवारी दुर्घटना भएको हो। नलगाडमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् भने भेरी नगरपालिका कुदुनजिकै फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

सोमबार करिब ११ः३० बजेतिर मध्यपहाडी राजमार्गको कुदु जिरो प्वाइन्टनजिकै बा.५ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए। यता भेरी नगरपालिका– ७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको गाडी जिरो प्वाइन्टनजिकैको ओरालोमा सडकबाट करिब ५० मिटर तल खसेको छ। गाडीमा कति  यात्रु सवार थिए एकिन विवरण आउन सकेकाे छैन् ।

May be an image of 1 person and text

घटनास्थलबाट घाइतेहरूको उद्धार जारी छ। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदुमा उपचार भइरहेको छ । उता नलगाड नगरपालिका– ४ बाउसेखोला जिरो प्वाइन्टमा जिप दुर्घटना भएको हो। सोमबार नै बारेकोट गाउँपालिकाबाट जाजरकोट खलंगा आउँदै गरेको घ.१ज ५९५ नम्बरको जिप दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ। दुईजनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोट पठाइएको र बाँकी पाँचजना सामान्य घाइते रहेका नलगाड– ४ का वडाध्यक्ष बद्री पन्तले बताए। सातजनाको क्षमता भएको उक्त जिपमा १० जना यात्रु सवार थिए। चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।May be an image of 3 people, off-road vehicle and jeep

May be an image of 8 people and roadMay be an image of 3 people, off-road vehicle and jeepMay be an image of 13 people and people climbingMay be an image of 8 people and roadMay be an image of 18 people and SaqsaywamanMay be an image of 15 people




  • फेसबुकबाट तपाईको प्रतिक्रिया