सेलटर्न नेपालद्वारा अभिनास मोबाइल सेन्टरलाई भेस्पा स्कुटर उपहार


जाजरकोट । होनर मोबाइलको आधिकारिक वितरक सेलटर्न नेपालले दशैं-तिहार बम्पर उपहार योजना अन्तर्गत रुकुम चौरजहारीस्थित अभिनास मोबाइल सेन्टरलाई भेस्पा स्कुटर प्रदान गरेको छ। कम्पनीका पश्चिम नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले एक कार्यक्रमबीच स्कुटर प्रोप्राइटर प्रकाश मल्ललाई हस्तान्तरण गरेका हुन।
सेलटर्न नेपालले २०८१ सालको दशैं-तिहार बम्पर उपहार योजनामा ७ सय थान भन्दा वढी होनर मोबाइल बिक्री गर्ने व्यवसायीलाई विशेष उपहार दिने घोषणा गरेको थियो। अभिनास मोबाइल सेन्टरले यो लक्ष्य पूरा गरेकाले उनलाई स्कुटर प्रदान गरिएको हो। स्किम अन्तर्गत तीन महिनामा ४० लाख रुपैयाँ बराबरको होनर मोबाइल बिक्री गर्नुपर्ने प्रावधान थियो।

सञ्चालक प्रकाश मल्लका अनुसार होनर मोबाइल टिकाउ भएकाले ग्राहकहरू यसप्रति आकर्षित भएका छन्। “हाम्रो क्षेत्रमा राम्रो 4G चल्ने पहिलो मोबाइल ब्रान्ड होनर नै हो। मैले एक वर्षमा करिब ७ सय थान मोबाइल बिक्री गरें, जसमा मात्र १० वटा मोबाइल वारेन्टी दाबीमा आएका छन्। टिकाउ भएकाले ढुक्कसँग बिक्री गर्न सक्छु,” उनले भने।

होनर मोबाइल पश्चिम नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेका अनुसार यो ब्रान्ड बलियो र भरपर्दो भएकाले ग्राहकहरूले बढी रुचाएका छन्। “होनर मोबाइल HUWEI जस्तै मजबुत छ। हिमाल, पहाड, तराई जहाँसुकै राम्रोसँग चल्ने भएकाले अरू ब्रान्डको तुलनामा राम्रो नेटवर्क भएको फोनका रूपमा लोकप्रिय बन्दैछ,” उनले भने। होनर मोबाइलका विभिन्न मोडेल १३ हजार रुपैयाँदेखि २ लाख ४० हजार रुपैयाँसम्म उपलब्ध छन्। पश्चिम नेपालमा विशेष गरी रुकुम र जाजरकोटमा यसको माग उच्च रहेको छ। “हाम्रो फोन ग्राहकको पहिलो रोजाइ बन्न सफल भएको छ। टिकाउ र राम्रो नेटवर्क भएकाले उपभोक्ताहरूले उत्साहपूर्वक खरिद गरिरहेका छन्,” न्यौपानेले बताए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया