जाजरकाेटमा एमालेको जनाधार बलियो छ : केन्द्रिय सदस्य घर्ती

रामचन्द्र घर्ती, जाजरकोट । नेकपा (एमाले) का केन्द्रिय सदस्य सिपि घर्तीले पार्टीको जनाधार जाजरकोटमा मजबुत रहेको बताएका छन्। भेरी नगरकमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेले देशभर आफ्नो संगठनात्मक संरचना बलियो बनाउँदै लगेको र जनसमर्थन दिन प्रतिदिन बढ्दै गएको दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले भने, “हाम्रो संगठनको जग बलियो छ। स्थानीय तहदेखि संघीय तहसम्म एमालेप्रति जनताको विश्वास उस्तै छ। आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने निश्चित छ।”
जनताको हितमा काम गर्न एमाले प्रतिबद्ध रहेको भन्दै आम नागरिकलाई थप संगठित हुन आग्रह गरे। पार्टीले घोषणा गरेको तीन महिने अभियानलाई सफल पार्न भेरी नगरका नेता तथा कार्यकर्तालाई वडा देखि टोलहरुमा इमानदारीताका साथ खट्न निर्देश समेत दिएका छन । भेरी नगरपालिका एमालेको बलियो भुमी हो, यो भुमिलाई अझै बलियो बनाउन आवस्यक रहेको उनको भनाई छ । मिसन ८४ लाई केन्द्रिय गरेर आजैदेखी जनपरिचालन तथा भेटघाट लाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया