प्रमोद खरेलको गीत लै लै लै…सार्वजनिक (भिडिओ)


गायक प्रमोद खरेलले धेरैपछि डान्सिङ नम्बरको गीत ल्याएका छन् ।
उनले आफ्नो ’प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्ड कन्सर्टका लागि नेपाल टुरमा निस्किनुअघि सोमबार नयाँ गीत ’लै लै लै…’ सार्वजनिक गरेका हुन् । यस गीतको शब्द तथा संगीत कृष्ण केसीको हो । योगेश काजीले एरेन्ज गरेका छन् ।
भिडिओमा पल शाह र जुना विश्वकर्मा फिचर्ड छन् भने प्रमोदको ’स्पेशल अपिरियन्स’ देख्न सकिन्छ। गीतमा आफूले मन पराएको युवतीको बयान गरिएको छ ।

गीतका टुक्का भिडिओ सार्वजनिक अघि नै टिकटकमा चर्चित बनिसकेका छन्।
प्रमोदले ’ओए झुमा झुम्कावाली’, ’यो कुरा गोप्य’ पछि डान्सिङ नम्बरको गीत ल्याएका थिएनन्।

’लै लै लै…’ सार्वजनिक भएसँगै सेतोपाटीसँगको कुराकानीमा उनले भने, ’अन्य गीतहरू आइरहे पनि यो प्याटनका गीत धेरै ग्याप भएको थियो। कन्सर्टमा जाँदा अडियन्सबाट पनि त्यो खालको कुनै नयाँ गीत सुन्न पाए भन्ने फिडब्याक पाउँथे।’ आफूले स्रोता/दर्शकको सुझावको आधारमा पनि काम गर्दै आएको र ’लै लै लै…’ त्यस्तै एउटा गीत भएको उनले बताए। उनले गीतले माया पाउने विश्वास समेत व्यक्त गरे।

यो गीतको भिडिओ निर्देशन शान थापाको हो। त्यस्तै, यसमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र विवेक सुनारको सम्पादन छ । गायक प्रमोद पछिल्लो समय आफ्नो ब्यान्डसँग कन्सर्टमा व्यस्त बनिरहेका छन्। ’प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्डले अब भ्यालेन्टाइनमा चितवनको सौराहमा कन्सर्ट गर्दैछ। त्यसपछि सुनसरी, झापा, इलाम, मोरङमा कन्सर्ट तय छ । ब्यान्डका केही गीतहरूमा समेत काम भइरहेको छ ।

भिडियाे हेर्नुहोस ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया