
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ का वडा अध्यक्ष यज्ञ बटालाले वडा सचिव अञ्जना हमालमाथि हातपात गरेका छन् । मंगलबार वडा कार्यालयमा बैठकको क्रममा सचिवलाई कुटपिट गरिएको हो । सचिव हमालले आरोप लगाउँदै भनिन्, “अध्यक्षले मलाई धम्क्याउँदै कुटपिट गरे ।”
घटनापछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुवै पक्षलाई कार्यालयमा ल्याएर छलफल गरेको थियो । तर, पीडित पक्षले प्रहरी प्रशासनमाथि निष्पक्ष कारबाही नगरेको र आरोपितलाई संरक्षण दिएको आरोप लगाएका छन् ।
वडा अध्यक्ष बटालाले भने हातपातको आरोप अस्वीकार गरेका छन् । “वडा समितिको बैठकबसिरहेको थियो। सचिव हमालले निराधार आरोप लगाएर प्रहरी लगाइन्,” उनले भने, “भेरीनगरपालिकाले विनियोजन गरेको २७ लाख रुपैयाँ कार्यान्वयन नभएर फिर्ता गएको थियो।सचिवले समन्वय नगरेको कारण सोध्दा विवाद भयो ।” उनले आफूलाई एमाले पार्टीको नेताहरूले फसाउन खोजेको आरोप लगाए। “जनताको कामनगरेको भन्दै मैले सचिवसँग गुनासो गर्दा उहाँले मर्यादाबाहिर गएर मलाई अपमान गर्ने कामगर्नुभयो,” बटालाले भने ।
वडा अध्यक्ष बटाला बुवाको रोहबरमा रिहा भएका छन् । राष्ट्रसेवक महिला कर्मचारीलाई जनप्रतिनिधिले हातपात गर्दा समेत प्रहरी प्रशासनले सामान्य रुपमा लिएको पीडितको आरोप छ । अहिलेसम्म आधिकारिक उजुरी प्राप्त नभएकोले वडा अध्यक्षलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
सामान्य बिषयमा वादविवाद भएको हो । यसलाई राजनीति तहबाट धेरै दबाब दिने काम भएको प्रहरीले आरोप लगाएको छ । मंगलबार छलफल भएको थप छलफल बुधबार बोलाएको प्रहरी जाजरकोटले जनाएको छ । सर्वसाधारण नागरिकको लागि कडाइका साथ सामान्य मुद्दालाई समेत निग्रानी गर्ने प्रहरी राजनीतिक दबाबमा जनप्रतिनिधिलाई आफन्तको जिम्मा लगाएको पीडित पक्षको भनाइ रहेको छ । घटनालाई थप कमजोर बनाउन प्रहरीले राजनीति पहँुचको भरमा यस्ता काम गर्दै आएको स्थानीयको आरोप छ । कतिपय सामान्य घट्नालाई प्रहरीले मुद्दा चलाएर दुखः दिने गरेपनी महिला कर्मचारी माथिको हातपातलाई सामान्य रुपमा लिन नहुने नेकपा एमाले जाजरकोटका उपाध्यक्ष विश्वविक्रम शाहले बताए । एउटा राष्ट्रसेवक कर्मचारीमाथि हातपात हुनु राम्रो नभएको उनको तर्क छ । यस बिषयमा प्रहरीले सत्यतथ्य छानबिन गर्नुपर्ने उनले आग्रह गरे ।
कर्मचारी संगठनले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै आक्रोश व्यक्त गरेका छन् । “प्रहरीले राजनीतिक प्रभावमा पर्दै यसलाई ढाकछोप गर्ने प्रयास गरेको हो,“ एक स्थानियको भनाइ छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन ६ गते मङ्गलवार