राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जाजरकोटको अध्यक्षमा बस्नेत

विनोद कुमार घर्ती
जाजरकोट । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जाजरकोटको जिल्ला अधिवेशनले सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्ष पदमा विशाल किरण बस्नेत निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रलाद दाहाल, सचिव राम बहादुर अधिकारी, सहसचिव दिर्घ शाही, तथा कोषाध्यक्ष मनिषा वली चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा ज्ञान बहादुर शाही, शान्त प्रसाद शर्मा, निम बहादुर नेपाली, मान ब मल्ल, लिल ब नेपाली, नर ब रोकाय, र भूषण पुन चयन भएका छन्।

केन्द्रिय प्रतिनिधिहरूमा याम ब. बस्नेत, पृथी ब रावत, राम ब अधिकारी, र याम ब घर्ती रहेका छन्। प्रदेश तहका नेतृत्वमा भूषण पुन (प्रदेश सभा ‘क’ अध्यक्ष) तथा मान ब मल्ल (प्रदेश सभा ‘ख’ अध्यक्ष) चयन भएका छन् । प्रदेश प्रतिनिधि रूपमा मनिषा वली, मान ब मल्ल, र शान्त प्रसाद शर्मा चयन भएका छन्।
नयाँ नेतृत्व चयनसँगै संघले अपाङ्ग अधिकारको प्रवद्र्धन तथा समावेशी नीतिहरू कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया