नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा थापा पुनः निर्वाचित

जाजरकोट | नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा दीप बहादुर थापा सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्। पार्टीको छैटौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ। उपाध्यक्षमा मानबहादुर बढा क्षेत्री, सचिवमा प्रदीप खड्का, उपसचिवमा गोविन्द्र बुढा र चाँगुनारायण विष्ट निर्वाचित भएका छन्।

पार्टीले ४३ सदस्यीय जिल्ला समिति गठन गरेको छ। अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय महासचिव घनश्याम भुसालले गरेका थिए।

पार्टीले आगामी दिनमा संगठनलाई अझ सशक्त र जनमुखी बनाउँदै स्थानीय स्तरमा जनसरोकारका मुद्दा उठाउने प्रतिबद्धता जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया