
जाजरकोट, असार ५ । विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक जाजरकोट शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार भेरी नगरपालिका–४ मा रहेको मालिका मन्दिर नजिकैको बिपी बाटिका परिसरमा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको हो।

शाखा प्रमुख आकाश बाबु सिंहका अनुसार यो काम बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो। उनले भने, “मालिका मन्दिर बिपी बाटिका जाजरकोटको एउटा पर्यटकीय ठाउँ हो। पहिरो रोक्न र वातावरण हरियाली बनाउन हामीले बृक्षारोपण गरेका हौं।”

कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ति, पत्रकार राजेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी आश्रित गुल्म जाजरकोटका सुरक्षाकर्मीहरू तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

गुलमोहर, धूपी, सल्ला, अमला, कपुर र इपिल जातिका बिरुवा रोपिएको यस कार्यक्रममा वातावरण संरक्षणमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ २२ गते बिहिवार