
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा आपतकालिन केन्द्र स्थापना गरिएको छ । मंगलवार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी केन्द्रको स्थापना गरिएको हो । स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४ सैं घण्टा सञ्चालना रहने भेरी नगरपालिका प्रमुख नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । नगरपालिका कर्मचारी र नेपाल प्रहरीको व्यवस्था सहित केन्द्र सञ्चालन गरिएको उनको भनाई छ । केन्द्रमा विपद प्रतिकार्यका लागि आबश्यक पर्ने सम्पूणर् सामाग्री राखिएको छ ।

करिब ६ लाख ५० हजार भन्दा बढि लागतको विपद प्रतिकार्य सामाग्रीहरु भेरी नगरपालिकाको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेर ट्रष्ट नेपालका प्रतिनिधि सुमेरु त्रिपाटीले जानकारी दिए । गोर्खा वेल्फेर ट्रष्ट नेपालका प्रतिनिधि त्रिपाटीले नगर प्रमुख चन्द्र प्रकास घर्ती, उपप्रमुख सिता जैसी मार्फत स्थानीय आपतकालिन कार्य संचालन केन्द्रका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।
भेरी नगरपालिकाले पिडायुक्त भुकम्पीय विपदको सामाना गरिरहेको दुखान्तपूणर् क्षणमा विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेर नगरपालिकालाई ठुलो गुण लगाएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर घर्तीले बताए । गोर्खा वेल्फेर ट्रष्ट नेपालले खानेपानी लगाएतका भौतिक पूर्वाधार निर्माणमा नगरपालिकालाई विगत ३,४ बर्ष पहिलेदेखि सहयोग गर्दै आएको नगर प्रमुख घर्तीले हालै गोर्खा वेल्फेर ट्रष्ट नेपालको सहयोगमा २८ करोड ८५ लाख भन्दा बढि लागतको ५ बर्षिय स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण भएको बताएका थिए ।
निर्माण भएको स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना कार्यान्वयन भएमा आगामी दिनका प्रकोप तथा जोखिमहरु न्युनिकरण हुनेमा आफु विश्वस्त भएको नगर प्रमुख घर्तीले भनाई राखेका थिए । गोर्खा वेल्फेर ट्रष्ट नेपालको सहयोगमा भेरी नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका सवै वडास्तरीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण कार्य सम्पन्न भएको छ ।








विनोद कुमार घर्ती (रिदम) । २०८० फाल्गुन २३ गते बुधवार