
जाजरकोट । गत कार्तिक १७ को विनासकारी भुकम्पले क्षतिग्रस्त जाजरकोटका महत्वपुर्ण सम्पदाहरुको पुननिर्माणमा सक्रिय समन्वय गरिदिन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाइ आग्रह गरेको छ । आर्थिक पर्यटन विकासका लागि निकै राम्रो सम्भावना भएको जाजरकोटका क्षतिग्रस्त महत्वपुर्ण सम्पदाहरुको पुननिर्माण, संरक्षण र सम्वद्र्धनका लागि आवस्यक वजेट, कार्यक्रम र योजना तर्जुमा गर्ने काममा नेतृत्वदायी समन्वय गरिदिन जिल्लावाट निर्वाचित सवै साँसद र मन्त्रीलाइ प्रतिष्ठानले यस्तो आग्रह गरेको हो । प्रतिष्ठानको गत शनिवार खलंगामा वसेको वैठकले पर्यटन विकासको प्रचुर सम्भावना भएको जाजरकोटका लागि भुकम्पले पुरयाएको क्षतिलाइ पुननिर्माण र विकासका लागि महत्वपुर्ण अवसरमा रुपमा प्रयोग गर्ने गरि संघ र प्रदेशका सरकारहरुसंग समन्वय गर्न सवै जनप्रतिनिधिहरुलाइ आग्रह गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । जिल्लाको मात्र नभएर कर्णाली प्रदेश र मुलुककै महत्वपुर्ण सम्पदाहरु भुकम्पका कारण क्षतिग्रस्त भएकोले यिनको पुननिर्माण गरि जाजरकोट जिल्लालाइ आकर्षक पर्यटकीय गन्तव्य वनाउने तर्फ यो वेला सवै लाग्न जरुरी छ भनेर आफुहरुले यस्तो आग्रह गरेको अध्यक्ष केसीले वताए । भुकम्पका कारण दुइ वर्ष पचास वर्ष पुरानो जाजरकोट दरवार, १ सय ८७ वर्ष पुरानो शिवालय मन्दिर क्षेत्र, डेढ सय वर्ष पुराना थाप्लेका दरवारहरु, दुइ सय वर्ष पुरानो कालिका मन्दिर, तीन चार सय वर्ष पुरानो पैंकको मष्टा मन्दिर लगाएत वारेकोट, छेडा, नलगाड तथा कुशेका ए्ेतिहासिक, धार्मिक तथा साँस्कृतिक संरचनाहरु पुर्ण रुपमा ध्वस्त भएकोले तिनको शिघ्र पुननिर्माण तथा संरक्षणको पहल लिएर जिल्लाको पर्यटकीय सम्भावनालाइ जोगाउन आफुहरुले जनप्रतिनिधि मार्फत सरकार र सरोकारवाला निकायको ध्यानाकर्षणको पहल गरेको वताए । जाजरकोट पर्यटन विकास र अवसरका हिसावले निकै सम्भावनायुक्त जिल्ला भएपनि पहुँच, नेतृत्व र जिल्लवासीको सक्रिय चासो नभएका कारण सधैं ओझेलमा परेको अध्यक्ष केसीको भनाइ छ । जाजरकोटी सम्पदाहरुको संरक्षणका लागि प्रतिष्ठानले गरेको कार्य प्रशंसनीय भएको भन्दै आफुहरुले नेपाल सरकारसंग जाजरकोट दरवारको पुननिर्माण लगाएतका अन्य कार्यहरुका लागि आवस्यक समन्व्यको काम गरिरहेको जाजरकोटवाट प्रतिनिधि सभामा निर्वाचित साँसद तथा संघीय सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री शक्तिवहादुर वस्नेत वताउछन् । नेपाल एकिकरणको सन्दर्भ र अन्य ऐतिहासिक घटनामा महत्वपुर्ण योगदान गरेको जाजरकोटलाइ अध्ययन अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जाजरकोट दरवारको पुननिर्माण र संग्राहलय स्थापनााको काम आवस्यक भएको मन्त्री वस्नेतले वताए । यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले पनि आफुले जाजरकोट दरवारको पुननिर्माणको लागि सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा निरन्तर पहल र समन्वय गर्ने काम गरेको वताए । यो पटक जाजरकोट दरवार लगाएत भुकम्पवाट क्षतिग्रस्त जाजरकोटी सम्पदाको लागि केहि न केहि वजेट कार्यक्रम पार्ने गरि काम हुनेमा आफुलाइ विस्वास लागेको शर्माले वताए । कर्णाली प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री एवम जाजरकोटवाट कर्णाली प्रदेश सभामा निर्वाचित साँसद वेदराज सिंहले आफु मन्त्री हुदा पनि जाजरकोटी सम्पदाहरुको जगेर्नामा केहि काम गरेको र अव पनि प्रतिष्ठानको अभियानलाइ सफल पार्ने गरि कर्णाली प्रदेश सरकारसंग आवस्यक समन्वय गर्ने वताए । जाजरकोट कर्णाली प्रदेशभित्र निकै सम्भावना भएको पर्यटकीय गन्तव्य भएकोले यसका लागि हामी सवैले मिलेर केहि न केहि गर्नै पर्ने साँसद सिंहको भनाइ छ । पछिल्लो समय जाजरकोटका ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक तथा सामाजिक सम्पदाहरुको संरक्षण गरि जाजरकोटलाइ कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनाउन विभिन्न माध्यमवाट जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेका कामहरु प्रशंसनीय रहेको स्थानीयवासी वताउछन् ।
क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणका लागि सरकारसंग समन्वय गरिदिन जनप्रतिनिधिहरुसंग प्रतिष्ठानको आग्रह






जनक केसी । २०८० चैत्र १४ गते बुधवार