जाजरकोटको रिम्नामा पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव

जाजरकोट । जाजरकोटको रिम्नामा रिम्ना पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धीका आधार कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । स्थानीय पर्यटकिय क्षेत्र र कला सस्कृतिलाइ उजाकर गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक निरज रानाले बताए । कला संस्कृति पर्यटन प्रवद्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको रानाले बताए । जिल्लामा रहेका नयाँ कलालाइ प्रस्फुटन तथा उजाकर गर्नको लागि जाजरकोट रुकुम पश्चिमको सङ्गम स्थल रिम्नामा महोत्सव सञ्चालन गरिने भएको छ ।

महोत्सवमा स्थानीय मयुर नाच, सिंगारु नाच, पञ्चेबाजा, पैसेरु नाच ,पापीनी नाच , सोरठी नाच लगाएतका प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।महोत्सव जेठ ७ गते देखि २० गते सम्म सञ्चालन हुने छ । महोत्सवमा विशेष गरी रुकुम पश्चिममा उत्पादित कृषि जन्य वस्तुरहरु (दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, मकै, डोको, नाम्लो, लगायतका फरक फरक स्टलहरुमा विक्रि वितरण तथा अवलोकन गर्न सकिने छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक रूपमा सास्कृतिक प्रस्तुतीहरु रहने छन् ।
महोत्सवमा अवलोकनका लागी रुकुम पूर्व, दाङ, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, डोल्पा, प्युठान नगाएतका न्यूनतम एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया