रास्वपा जाजरकोटको नयाँ जिल्ला समिति चयन, महेश सिंह पुनः सभापति

अधिवेशनमा सभापति पदका लागि महेश सिंह, राघब कार्की, डिएन शाही र रमेश केसी आकाङ्क्षी रहेका थिए। अन्ततः सहमति जुटेपछि महेश सिंहको नेतृत्वमा २० सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

जाजरकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह पुनः सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छन्। आइतबारदेखि नेतृत्व चयनका लागि चलेको छलफल र सहमतिपछि सोमबार २० सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको हो।

नवनिर्वाचित समितिको उपसभापतिमा प्रकाश कुमार कार्की, सचिवमा कर्ण प्रसाद जैसी, सह–सचिवमा इन्द्रजित शाही तथा कोषाध्यक्षमा प्रमोद जंग शाह चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा टीका बिक, निरज सिंह, दल बहादुर खत्री, धिरेन्द्र पुन, जनक शाही, वीर बहादुर खड्का, केशव रावत, ज्ञान बहादुर घर्ती, संगीता थापा, मान बहादुर बुढाथोकी, राम बहादुर केसी, गौर शाही, सरिता पुन, प्रेम बहादुर सिंह र सुनिता बिक चयन भएका छन्।

अधिवेशनमा सभापति पदका लागि महेश सिंह, राघब कार्की, डिएन शाही र रमेश केसी आकाङ्क्षी रहेका थिए। अन्ततः सहमति जुटेपछि महेश सिंहको नेतृत्वमा २० सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवनिर्वाचित समितिमा ५ पदाधिकारी र १५ सदस्य गरी जम्मा २० जना रहेका छन्। पार्टीलाई जिल्लाभर थप सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता नवनिर्वाचित नेतृत्वले जनाएको छ।

नेतृत्व चयनको विषयलाई लिएर अधिवेशन हलमै केही समय विवादसमेत भएको थियो। 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया