जाजरकोटी युवाको पहलमा एभरेस्ट अस्पतालले बाढीपहिरोबाट घाइते बिरामीको निःशुल्क उपचार गर्ने

जाजरकोट। जाजरकोटमा हालै गएको बाढीपहिरोका कारण घाइते भएका बिरामीको काठमाडौंमा निःशुल्क उपचार हुने भएको छ।

काठमाडौंमा रहेका जाजरकोटी युवाहरूको पहलमा बानेश्वरस्थित एभरेस्ट अस्पतालले बाढीपहिरोबाट घाइते भएका जाजरकोटका बिरामीको पूर्ण रूपमा निःशुल्क उपचार गर्ने सहमति गरेको हो।

जाजरकोटी युवाहरूको समूहले एभरेस्ट अस्पतालका कार्यकारी निर्देशक दीपकचन्द्र बराल र अस्पतालका प्रवक्ता डा. प्रकाश महतसँग भेट गरी बाढीपहिरोबाट प्रभावित बिरामीको उपचारका विषयमा छलफल गरेको थियो। छलफलपछि घाइते बिरामीलाई आवश्यक उपचार निःशुल्क उपलब्ध गराउने सहमति भएको हो।

त्यस्तै, जाजरकोटका कुनै पनि बिरामीले विपन्नताको सिफारिस लिएर आएमा निःशुल्क उपचार गर्ने सहमति समेत भएको छ। डायलासिस गर्नुपर्ने बिरामीलाई जाजरकोटमै सेवा उपलब्ध गराउन पहल गर्ने तथा काठमाडौं आउनुपर्ने अवस्थामा पूर्ण सहयोग गर्ने विषयमा पनि अस्पतालसँग सहमति भएको जाजरकोटी युवाहरूले जनाएका छन्।

बाढीपहिरोका कारण घाइते भएका वा उपचारका लागि काठमाडौं आउनुपर्ने जाजरकोटका बिरामीले आवश्यक समन्वय तथा सहजीकरणका लागि तारा शर्मा, लोकेश सिंह, लुकास विक्रम शाह, विवस भारती, राम शाह, शिखर शाह, नवराज शाही ठकुरी, अजय नगरकोटी, पोषण नाथ, शुभराज आचार्यर सुरज नगरकोटीलाई सम्पर्क गर्न सक्नेछन्।

जाजरकोटी युवाहरूले विपद्को समयमा जाजरकोटका नागरिकको उपचारमा सहयोग गर्ने निर्णय गरेकोमा एभरेस्ट अस्पताल परिवार तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अस्पतालका प्रवक्ता डा. प्रकाश महतप्रति आम जाजरकोटी युवाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

जाजरकोटबाट काठमाडौंमा उपचारका लागि आउनुपर्ने बिरामी तथा आफन्तले समन्वयका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नेछन्।

१. तारा शर्मा – ९८६१३८००९७
२. लोकेश सिंह -९८५११९९०५३
३. लुकास विक्रम शाह – ९८६८२३००६८
४. राम शाह – ९७६९४२२७७६
५. शिखर शाह – ९८६१७४३१६७
६. नवराज शाही ठकुरी – ९८६९६८६५४६
७. अजय नगरकोटी – ९८६८२७५०५०
८. पोषण नाथ – ९८६८१२४१५२
९. शुभराज आचार्य – ९८५१३४१५४२
१०. सुरज नगरकोटी – ९८६६९७६४१६




  • फेसबुकबाट तपाईको प्रतिक्रिया