रसुवा–भोटेकोशीका बाढीपीडितलाई समृद्धि महिला विकास समूह जाजरकोटको २४ हजार सहयोग

जाजरकोट । रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढी-पहिरोबाट प्रभावित नागरिकका लागि जाजरकोटको नलगाड नगरपालिका-५ स्थित समृद्धि महिला विकास समूहले २४ हजार ८४ रुपैयाँ सहयोग गरेको छ।

समूहका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

समूहकी अध्यक्ष राममाया हमाल, सचिव कल्पना विक, कोषाध्यक्ष कमला गौतम तथा सदस्यहरू ममता रावल, जानकी सुनार, कृष्णा सुनार, भद्रीकुमारी वली, तारा वली, विजसरा रावल, कल्पना सिंह, लक्ष्मी पुन, कविता पन्त, झलकी पन्त, रेखा वली, पवित्रा बस्याल, प्रतिमा विक, शर्मिला चन्द, अमृता सुनार, सविता रावल, निशा सुनार, गीता शाह, पवित्रा जैसी, पवित्रा वली र प्रमिला चन्दले सहयोग रकम संकलन गरेका हुन्।

बाढी-पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको साथमा उभिन सहयोग गरिएको अध्यक्ष हमालले बताइन्।

‘सहयोग रकमको आकारभन्दा पनि विपत्तिमा पीडितको साथमा उभिनु ठूलो कुरा हो,’ उनले भनिन्, ‘सानो–सानो सहयोगले पनि पीडित परिवारका लागि आशा र हौसला दिन सक्छ।’

समूहले बाढी-पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया