जाजरकोट ।
जाजरकोटमा उज्यालो अनलाइन मिडिया उद्घाटन गरिएको छ । साेमवार राताेघरमा कार्यक्रमकाे आयोजना गरि अनलाइन मिडियाको उद्घाटन गरिएको हाे । राेताे कर्णाली मिडिया प्रालि द्वारा सञ्चालीत उज्यालो कर्णाली मिडियाले आफ्नो प्रशारण सुरुवात गरेको मिडियाका अध्यक्ष सृजना सिंहले बताईन । भाैगाेलीक दुर्गम जाजरकोटमा मिडिया क्षेत्रमा दैनिक बिकास हुदै गएको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए । मिडिया स्थापना गर्न सजिलो भए पनि सञ्चालन गर्न कठिन भएको शर्माको भनाइ छ । मिडिया क्षेत्रमा पछिल्लो समय निराशा छाउदै गएको उनको भनाइ छ ।
जिल्लामा खबरदारी गर्ने गतिलो मिडियाको रुपमा उज्यालो कर्णाली नयाँ आयाम थप्ने अध्यक्ष शर्माको भनाइ छ । उज्यालो कर्णालीले जिल्लाकाे बिकास निर्माणमा अहम भूमिका खेल्ने निर्माण व्यवसायी जाजरकोटका अध्यक्ष रण बहादुर कार्कीले बताए । मिडियाले पूर्वाग्रही भन्दा समाजमा भएका बेथिति र बिकास लाई प्राथमिकता दिन कार्कीले जाेड दिए । दशैकाे अवसरमा स्थापना भएको मिडियाले जाजरकोटकाे दुख शुख्खकाे सार्थी हुने बारेकाेट गाउँपालिका पूर्व अध्यक्ष महेन्द्र शाहले बताए । शाहले मिडियाकाे सफलताको शुभकामना व्यक्त गरेका छन्।

मिडियाले समाजमा सकारात्मक दिसा अगाडि बढाउन जाेड दिने नेकपा एमाले जाजरकोटका सचिव गाेपाल नेपालीले बताए । डिजिटल युगमा जिल्लामा दशैकाे अवसरमा स्थापना भएको मिडियाले जनताको आवाजकाे रुवमा काम गर्ने उनले विश्वास व्यक्त गरेको छन्। अध्याराे बाट उज्यालो तर्फ यात्रा तए गरेको कर्णाली मिडियाले समुदायका आवाज बुलन्द गर्ने नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य अमर सिंह राेठले बताए ।

मिडियाकाे भूमिका मार्फत बास्तबिक कुरा उठाउने बिषयमा उनको जाेड छ ।
राताे पार्टी मिडियाको सुरुवात संगै जिल्लाकाे बिकास निर्माणमा खबरदारी गर्ने नेपाली काङ्ग्रेस जाजरकोटका सचिव तेजबिक्रम शाहले बताए ।
मिडिया नागरिक मैले अर्थात राज्यकाे प्रतिपक्षकाे भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि खम्ब जंग शाहले बताए । पार्टी भन्दा माथि उठेर मिडियाले आफ्नो काम गर्ने शाहकाे भनाइ रहेको छ । अनलाइनकाे उद्घाटन भेरी नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष खम्ब जंग शाहले व्यानर पढेर गरेेका थिए ।






रेशम बहादुर खड्का । २०८१ असोज २१ गते सोमवार