
कविता – छोरीको सासभन्दा ठुलो इज्जत
टोल टोलमा मन्दिर भएर के गर्नु
पाइला पाइलामा पापी बसेपछि !
देउता खोज्दै मन्दिर किन ध्वाउनु
ढुङ्गाको मूर्तिलाई फुल किन चढाउनु र
परिवारबाट घरभित्रै बुहारी ले
जिउदै जल्नु परेपछि !
माया देखाउने श्रीमानले पनि
केहि समयपछि..
किन बिर्सन्छ चोखो मायालाई?
उसको मौनताले नै हो
आफ्नाहरु पराइ भएको
अपराधीलाई बल पुगेको
घरभित्र थुनेर शरीरमा
पेट्रोल छर्कि आगो लगाएको!
के छोरी बलात्कृत भएपछि
मर्नै पर्ने हो र?
किन उस्को सास भन्दा ठुलो हुन्छ
समाजको झुट्टो इज्जत
किन बिर्सन्छ मान्छेले
आफ्नो घरमा पानी
छोरी बहिनी छन भन्ने कुरा?
जब अपराधी आफ्नै हुन्छ नि
हो त्यतिबेला
न्याय किन अनाथ बन्छ?
यदि यहि न्याय हो
यहि नियति हो भने
जन्मनसाथ मारिदेउन आमा
कम्तिमा पराइको हातबाट
निर्ममताकोसाथ लुछिएर
मर्नु पर्दैन्थ्यो!
मन्दिर होइन मनवता चाहियो
देउता होइन न्याय चाहियो
छोरी पनि मान्छे हो
बाच्ने अधिकार छ
छोरीको जिवन पनि मुल्यवान छ
समाजमा स्वतन्त्रले
बाच्न देउ छोरी बुहारीलाई !
लेखक : कौसि बहादुर सिंह
स्थायी ठेगाना :नलगाड न.पा ०९ जाजरकोट
पेशा :शिक्षक (प्राथमिक तृतीय श्रेणी)
हाल कार्यरत : श्री दामराङ्ग आ.बि राक्सिराङ्ग गा.पा ०७ मकवानपुर
सम्पर्क :9844889826






द मालिका पोष्ट । २०८२ पुष २५ गते शुक्रवार