जाजरकोटमा पानीमा डुबेर एक बालकको मृ*त्यु


जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–९ कालाभुरस्थित एक खुला सिचाइ ट्याङ्कीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

आईतवार स्थानीय खडक प्रसाद शर्माको छोरा रमेश शर्माको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी निरीक्षक कमल बटालाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।


जिल्ला प्रहरी जाजरकोटका अनुसार, खुला सिचाइ ट्याङ्कीमा सुरक्षा प्रवन्ध नहुँदा शर्मा ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । बालक पौडी खेलिरहेका बेला ट्याङ्कीको गहिराइमा फसेर उनको मृत्यु भएको जनाइएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। , घटनापछि परिवार र स्थानीयवासी शोकमा छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया