
जाजरकोट । राष्ट्रिय युवा संघ जाजरकोटले दीप प्रज्वलन गरेको छ ।नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ जाजरकोटले दीप प्रज्वलन गरेको हो । मंगलबार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि संघले ३५ औं स्थापना दिवस मनाएको राष्ट्रिय युवा संघ नेपाल जाजरकोटका अध्यक्ष सरोज जङ्ग शाहीले बताए । मंगलबार भेरी नगरपालिका ४ गैरीखाली सार्वजनिक मञ्चमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको शाहीले बताए ।

जाजरकोट लगाएत देशैभरी विभिन्न कार्यक्रम गरेर दिवस मनाएको छ ।पार्टीको जनवर्गीय संगठनले हरेक कालखण्डमा महत्त्वपूर्ण योग्दान गर्दै आएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नरेन्द्र कुमार शाहीले बताए । जिल्लामा भूकम्प पछिकाे उद्धार,राहतमा एमालेका युवा संघकाे भूमिका सम्झिन लाएक रहेको उनको भनाइ थियो । जाजरकोटमा विपत्तिकाे बेला गरेको कामले यतिबेला युवा संघ नेपाल सबैकाे मन मुटुमा बस्न सफल भएको उनको भनाइ थियो । भाैगाेलीक दुर्गम रहेको जाजरकोटमा संघले बिगत देखि आफ्नो निरन्तर यात्रामा महत्त्वपूर्ण काम गरेको पार्टी सचिव गाेपाल नेपालीले बताए ।

जिल्लाका युवाहरु राजनीतिमा मात्र नभइ सामाजिक कार्यमा सक्रिय हुदै आएको युवा संघ नेपाल जाजरकोटका अध्यक्ष शाहीले बताए । जिल्लामा विपत पर्दा हाेस अन्य केही सामुहिक काममा संगठनले जाेखिम माेलेर आफ्नो कर्तब्य पूरा गरेको उनको भनाइ छ । रामिडाडा केन्द्र बिन्दु भएर गएको भूकम्पमा परि क्षति भए का घरहरु राज्य भन्दा संघका युवाहरुले धेरै मेहनतका साथ उत्खनन गरेको उनको भनाइ थियो । आफ्नो नेतृत्वमा रहेको संघले अहिलेसम्म केही नयाँ काम गर्दै आएको उनको भनाइ थियो । कार्यक्रम जिल्ला कमिटी सदस्य रामचन्द्र घर्ती,प्रेस चाैतारी जाजरकोटका ईन्चार्ज भरत शर्मा, अध्यक्ष विनाेद कुमार घर्ती लगाएतकाे उपस्थिति रहेको थियो ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ जेष्ठ २ गते बुधवार