जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबार साँझ करिब ७ बजे भएको गोली प्रहार घटनामा एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मेलाका क्रममा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा बारेकोट–७ का ३४ वर्षीय यमबहादुर सिंह घाइते भएका छन्। सिंहको पेटतर्फ गोली लागेको प्रहरीले जनाएको छ। घाइतेलाई स्थानीयहरुले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाइएको वडाध्यक्ष डम्बरबहादुर महतारा (महतार) ले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिनकुमार खड्काका अनुसार घटनाबारे थप अनुसन्धान थालिएको छ। गोली प्रहार गर्ने टेकेन्द्र नेपाली फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।






द मालिका पोष्ट । २०८२ मङ्सिर ३ गते बुधवार